६ आश्विन २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

३३ हजार बढीले हेरे ‘तिनिहरु’

चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।  

भदौ १९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘तिनिहरु–एलिफेन्ड इन द फग’ प्रदर्शनको तेस्रो सातामा छ। चलचित्र विकास बोर्ड अनुसार आइतबारसम्म ‘तिनिहरु–एलिफेन्ड इन द फग’ लाई ३३ हजार एक सय ३६ ले हेरेका छन्। भने, यसले एक करोड १६ लाख ५४ हजार रुपैयाँको व्यापार  गरेको छ।

अबिनाश विक्रम शाहको निर्देशनमा बनेको यो चलचित्र नेपालको तर्फबाट अस्करमा समेत छनौट भएको छ।

अर्को तर्फ नीता ढुंगानाको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा आयो। चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको देख्न सकिन्छ। आइतबारसम्म यसले दुई करोड २४ लाख ३१ ह्जार रुपैयाँको व्यापार गरेको छ। भने ७९ हजार आठ सय ४६ ले हेरेका छन्। यसमा अशोक दर्जी र नीताको मुख्य भूमिका रहेको छ।

यो चलचित्रको बक्स अफिस कलेक्सनको ५ प्रतिशत रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैवीकोषमा दिइने निर्माण टिमको घोषणा छ।

प्रकाशित: ५ आश्विन २०८३ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App