१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

विविधताले भरिएको ‘मनसुन’ गजलसङ्ग्रह बजारमा

साहित्यकारहरुका अनुसार अरबी भाषको ‘गजल’ शब्दको अर्थ ‘प्रेमी प्रमीका बिचको बार्तालाप’ हो । युवायुवती बिचको पे्रम प्रशङ्ग एबं रतिरागसंग सम्बिन्धीत बिषयबस्तुको कलात्मक अभिब्यक्ति संग जोडिएको यो बिधा पछिल्लो समय सिमित बिषय बस्तुको घेरालाई तोडेर धेरै अगाडी बढिसकेको छ ।  

मोफसलमा बसेर पत्रकारीता गरिरहेकी हिमा खड्का मनसुनले ‘मनसुन’ गजलसङ्ग्रह बजारमा ल्याएकि छिन् । रोल्पा सदरमुकाम लिवाङमा रहेको रेडियो मालश्रीमा कार्यरत खड्काले शनिवार एक औपचारीक कार्यक्रमका बिच उक्त सङ्ग्रह बजारमा ल्याएकि हुन ।  

९३ वटा गजल रहेको १३२ पृष्ठको ‘मनसुन’ गजलसङ्ग्रहमा विविधता पुर्ण गजलहरु भेट्न सकिन्छ । नारीबादी चेतले भरिएका धेरै गजलहरुले पाठकलाई पुस्तक छोड्न दिदैन । प्रेम संगै आशा, निराशा, हासो, रोदन, बिश्वास र समपर्णका कुराहरु पुस्तका पाउन सकिन्छ ।  

जन्मदाता प्रति पुस्तकमा गजलकारले यसरी सम्मान गरेकि...  

जीबनदाता अनि प्यार बा हुनुहुन्छ ।  

उर्जास्रोतको आधार बा हुनुहुन्छ ।  

अध्यारोको बत्ती मेरी आमा हुन।  

बत्ती बाल्न जोडेको तार बा हुनुहुन्छ ।  

अरुले देखेर कठै भन्न सक्लान,

घाउ दुखाईको उपचार बा हुनुहुन्छ ।  

म अस्पतालको बेडमा भईरहदा,

खबर सोध्ने बारम्बार बा हुनुहुन्छ ।

मेरो आधा संसार मेरी आमा हुन्,  

अर्को आधा संसार बा हुनुहुन्छ ।

मौषम जस्तै विविधतापूर्ण जगलहरुको सङ्ग्रह भन्दै साहित्यकार रमेश सुवेदीले पुस्तकको सुरुवातीमा गजलसङ्ग्रहको मिठो समिक्षा गरेका छन् । ललित साहित्य परिषद् रोल्पाले प्रकाशन गरेको ‘मनसुन’ गजलसङ्ग्रहमा रोल्पाका अग्रज साहित्यकार डिबि टुहुरोले ‘मनसुन’का लागि ‘मनसुन’लाई शुभकामना दिएका छन् ।  

अभाबलाई संबोधन गर्दै उनले लेखेकि छिन्...

हुँदा पेटभरी खाउला नि भोलि पर्सि फेरि,

नहुँदा आज आधाआधी खाएको माया प्यारो ।  

अर्को एक गजलमा नारीबादी बनेकि छिन् उनि...

रथका दुई पाङ्ग्रा एउटा हारेको देख्छु,

पुरुषबाट नारीलाई पछि पारेको देख्छु ।  

गजलसङ्ग्रह अर्को गजलमा छ...

जनताको दुखमा साथ दिने कसम खाने तिमी,

आज तिम्रो दर्शन पाउन यति गाह्रो कसरी भयो ?

भाई भाई लडेका छन् यो तेरो त्यो मेरो भनेर,

भाई ठुलो कि राजनितिक दल आफै छुट्याउनुस ।  

‘मनसुन’ गजलसङ्ग्रह बिमोचन गरेका अग्रज साहित्यकार डिबि टुहुरोले पुस्तकमा पाठकलाई लोभ्याउने खुराक रहेको बताउछन् । २६ बर्षिया लेखक खड्काले समाचार लेखन÷बाचन, बिभिन्न रेडियो कार्यक्रम संचलन संगै मुक्तक, जगल र कबितामा पनि निरन्तर कलम चलाउने गरेकि छिन् । 

प्रकाशित: २७ मंसिर २०८२ १९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App