३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘म्याथसिक्ने’ गीतको ‘मास्टर्नी’ को कथावस्तुसँग कुनै सम्बन्ध छैन : अध्यक्ष कार्की

आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल (‘म्याथसिक्ने’) गीत विवादमा परेपछि निर्माण पक्ष र गायकले माफी मागेका छन्। 

शिक्षक समुदायको मानमर्दन हुने गरी शब्द प्रयोग गरिएको भन्दै नेपाल शिक्षक महासंघ र महिला शिक्षक समाजले आपत्ति जनाएपछि यस्तो कदम चालिएको हो। विवाद बढेपछि चलचित्रको निर्माण संस्था आयंका फिल्म्स प्रालिका तर्फबाट अध्यक्ष प्रियंका कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै माफी मागेकी छिन्। उनले भनकी छिन्, ‘गीत चलचित्रको प्रचारप्रसारका लागि मात्र प्रयोग गरिएको थियो, शिक्षक समुदाय वा शिक्षण पेसाप्रति अपमान गर्ने उद्देश्य हाम्रो थिएन।’ उनले चलचित्रको मूल कथावस्तुसँग उक्त गीतको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै विवादित गीत हटाइसकेको जानकारी दिइन्।

त्यस्तै, गीतका सर्जक तथा गायक दुर्गेश थापाले पनि आफ्ना दर्शक र शिक्षकसँग माफी मागेका छन्। उनले भनेका छन्, ‘गीतका केही शब्द र प्रस्तुतीकरणका कारण शिक्षक र गुरुजनको भावनामा चोट पुगेको महसुस गरेका छौँ, त्यसप्रति म र मेरो टिम हृदयदेखि माफी माग्छौँ।’ उनले प्राप्त सुझावलाई सम्मान गर्दै आफ्नो युट्युब च्यानललगायत सबै सामाजिक सञ्जालबाट उक्त गीत हटाइसकेको बताएका छन्।

यसअघि नेपाल शिक्षक महासंघ र महिला शिक्षक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शिक्षक र शिक्षण पेसाको गरिमामा आँच पुर्‍याएको भन्दै गीत तत्काल हटाउन र चलचित्रमा प्रयोग नगर्न चेतावनी दिएका थिए। उनीहरूले गीतबाट शिक्षक समुदायको मानमर्दन भएको भन्दै आपत्ति जनाएका थिए। 

विज्ञप्ति हेर्नुस्

प्रकाशित: २ श्रावण २०८३ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App