गीतकार बाबुराम श्रेष्ठ निरुपमले छैटाैं हिमालयन इन्टरनेशनल अवार्ड २०२६ मा सर्वोत्कृष्ट नव आधुनिक गीतकार अवार्ड जितेका छन्।
सिन्धुलीका मरिण गाउँपालिका-७ का गीतकार श्रेष्ठलाई 'खोज्दा नि आफूलाई भेटाउन सकिन ’ गीतबाट सर्वोत्कृष्ट नव आधुनिक गीतकार अवार्ड प्रदान गरिएकाे हाे।
“सिक्किमको राभाङ्लास्थित कम्युनिटी हलमा आयोजित कार्यक्रममा निरुपमले आधुनिक गीत "खोज्दा नि आफूलाई भेटाउन सकिन" को गीतका शब्दले उक्त सम्मान पाएका हुन्।
उक्त समारोहमा प्रमुख अतिथिको रुपमा AA+ सरकारी कन्ट्याक्टर एसोसियसनका भाइस प्रेसिडेन्ट टासी ग्यल्पो भुटिया र प्रमुख संरक्षक, क्षेत्र प्रमुख ०९ बर्फुङ रिक्सल दोर्जी भुटिया थिए।
साहित्यिक क्षेत्रमा सक्रिय निरुपमको मेहनत, समर्पण साहित्यप्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई यस वर्षको उत्कृष्ट नव आधुनिक गीतकारको उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ।
निरुपमको यो उपलब्धिलाई सिन्धुली र नेपालको गीत साहित्यका क्षेत्रका लागि गौरवपूर्ण सफलता मानिएको छ।
गीतकार निरुपमको देश स्वप्न (कवितासङ्ग्रह, २०६३) बूढो समय (कवितासङ्ग्रह, २०७९) र कुमारी माया (गीतसङ्ग्रह, २०८२) प्रकाशित छन्।
अवार्ड प्राप्त गरेपछि उनलाई शुभेच्छुक, स्थानीयवासी, कलाकार तथा विभिन्न संघसंस्थाबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
प्रकाशित: ४ श्रावण २०८३ ११:५६ सोमबार





