१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

गीतकार नारायण खतिवडाले काेरे सांगीतिक ‘लक्ष्मण रेखा’

गीतकार नारायण खतिवडाको ‘लक्ष्मण रेखा’ गीत सार्वजनिक भएको छ।

नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको उक्त गीतले जीवनका हरेक पक्षमा निश्चित सीमा र मर्यादा आवश्यक हुने सन्देश प्रस्तुत गरेको छ।

केही विषयमा सीमा नाघ्दा गम्भीर परिणाम भोग्नुपर्छ भन्ने भाव गीत मार्फत प्रभावकारी रूपमा व्यक्त गरिएको छ।

रामायणमा वर्णित माता सीताको सुरक्षाका लागि कोरिएको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि रावणद्वारा उनको हरण भएको प्रसङ्ग प्रतीकात्मक रूपमा समेटिएको छ। यही प्रसङ्ग मार्फत गीतले वर्तमान समाज र मानव व्यवहारप्रति गहिरो संकेत गरेको देखिन्छ।

यस गीतमा जीवनोपयोगी सन्देश समावेश छन्। गीतका केही पंक्ति यस्ता छन्,

“नराम्रोभित्र पनि राम्रो हुन सक्छ, विचार गर्नु है,

राम्रोभित्र पनि नराम्रो हुन सक्छ, खोजी गरे है।”

यी पंक्तिहरूले मानिसलाई कुनै विषय सतही रूपमा मात्र नभई गहिराइमा पुगेर मूल्याङ्कन गर्न प्रेरित गर्छन्। देखिने कुरा सधैं सत्य नहुन सक्ने र राम्रोभित्र नराम्रो र नराम्रोभित्र राम्रो पक्ष पनि हुन सक्ने सन्देश गीतमा अभिव्यक्त छ।

त्यस्तै विचार नै सबैभन्दा ठूलो शक्ति हो र विचार शुद्ध नभएसम्म अन्य शुद्धताको अर्थ नरहने आत्मानुभूति गीतकारले यसरी प्रस्तुत गरेका छन्,

“विचार हो ठूलो कुरा, जस्तो सोच्यो त्यस्तै बन्छ,

आफैँ ठीक, अरू बेठीक सधैँ हुँदैन है।”

समग्रमा ‘लक्ष्मण रेखा’ गीतले सांस्कृतिक सन्दर्भ, सामाजिक यथार्थ र दार्शनिक चेतनालाई एकैसाथ प्रस्तुत गर्दै श्रोतामाझ गहिरो सन्देश प्रवाह गरेको छ।

प्रकाशित: २ पुस २०८२ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App