बेलबारी साहित्य विकास समितिले मधु गुरुङकाे ‘जीवनको गीत’ उपन्यासको लोकार्पण गरेको छ।
बेलबारी नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता र प्राडा देवी क्षेत्री दुलालकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे थियाे।
संस्थाका उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, प्राज्ञ खेम नेपाली, प्राडा बद्रीविशाल पोखरेल, बेलबारी अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, कवि तथा आख्यानकार डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, बेलबारी साहित्य विकास समितिका पूर्व अध्यक्ष तिला लेकाली, लेटाङ साहित्य सङ्गमका अध्यक्ष गणेश दवाडी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, कण लघुकथा समाजका अध्यक्ष दीप मङ्ग्राती लगायतका उपस्थिति रहेको थियो।
बेलबारी साहित्य विकास समितिका सल्लाहकार तथा पुस्तकका भाषासम्पादक साहित्यकार ईरान राईले कृतिकारको परिचय प्रस्तुत गरेका थिए। विभिन्न अतिथिले ‘जीवनको गीत’ लाई नारी मुक्ति, समाजका अदृश्य पीडा र वर्गीय विभेदको साहित्यिक आवाजका रूपमा व्याख्या गर्दै शुभकामना व्यक्त गरेका थिए।
प्राडा बद्रीविशाल पोखरेलले कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। प्राडा पोखरेलले उपन्यासमा उठाइएका जीवन–संघर्ष, पात्रको प्रस्तुति र सामाजिक पृष्ठभूमिको कलात्मक अभिव्यक्ति सराहनीय भएको बताए।
कार्यक्रममा भरत बर्बरिक, किशोर कोइराला, नवराज पोखरेल ‘नवशिला’, रिजाल विनोद, चन्द्रमाया खड्का, दीपा दीपहरि, खेमराज आचार्य, मैया विक, चिरञ्जीवी काफ्ले, नवीन थापा लगायतले रचना वाचन गरेका थिए।
कार्यक्रममा धनजित पराजुली, डिल्लीराम ओझा, किशोर कोइराला, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रकाश भट्टराई, शान्ति पाख्रिन, प्रकाश भट्टराई, टेकराज एक्चाइ मगर, शेरबहादुर खपाङ्गी, गोपाल नेपाल, भीमबहादुर बस्नेत, मनकुमार गुरुङ, शेखर थापा मगर, भीम लामा, प्रेम गुरुङ, गोविन्द चोङवाङकाे उपस्थिति रहेकाे थियाे।
सङ्गीतकर्मी जेबी थुलुङले सञ्चालन गरेकाे उक्त कार्यक्रममा सञ्जीव धिमाल, यज्ञराज सुसेली, दीपा दीपहरि, मुना मिश्र, अम्बिका भण्डारी, जुनु बुढाथोकी, हिरा ओझा, दुर्गा खरेल, केपी घिमिरे, हिरा खड्का, युवराज ठकुरी, नवीन थापा छेत्री, शिव पराजुली, खेम आचार्य, टङ्क चौलागाईं, दुर्गा चौलागाईं, दुर्गा नेपाली,रूपनारायण श्रेष्ठ, राजु परियार, दुर्गा न्यौपाने रूपाखेती लगायतका स्रष्टा\कलाकारको उपस्थिति रहेको थियो।
प्रकाशित: २१ मंसिर २०८२ १२:११ आइतबार





