१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

काव्यत्रिवेणीको लोकार्पण

पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र, काठमाडौंले कवि शशीप्रसाद बजगाईंको कवितासंग्रह काव्यत्रिवेणीको लोकार्पण गरेको छ।

संस्थाका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षता, भाषा व्याकरणविद् कवि मुकुन्दशरण उपाध्यायको प्रमुख आतिथ्य र डा. सत्यराज थपलियाकाे विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हाे।

कवि ठाकुर शर्माले काव्यत्रिवेणीको समीक्षात्मक टिप्पणी गरेका थिए। उनले कृतिले स्रष्टा शशीप्रसाद बजगाईकी जीवनसंगीनी जोगमाया बजगाईंको सांसारिक इहलीला समाप्त भएको समयमा उनले जीवनभर गरेका क्रिया-प्रतिक्रियाको सम्झना गरिएको व्यथितशोककाव्य भएकाे बताए। उनले मानिसले जीवनसंगिनी, प्रेयसी, धर्मपत्नी वा जीवनदायिनी शक्ति गुमाउँदाको क्षण असह्य हुन्छ भन्ने यस काव्यले अनुभूति अवश्य गराएको छ भन्ने बताए।

कार्यक्रममा प्रमुख अतिथि मुकुन्दशरण र सभापति शैलेन्दुप्रकाश नेपालले लेखकलाई शुभकामनासहित कृतिमाथि प्रकाश पारेका थिए।

कवि पूजा सङ्ग्रौलाले स्वागत मन्तव्य र लेखक बजगाईंले धन्यवाद्सहित लेखकीय मन्तव्य राखेका थिए। साहित्यकार अनुपमा रेग्मीले सहजीकरण गरेकाे कार्यक्रममा पौडेल विमुन्स, राधा कार्की, निश्चल पराजुली र राजु अधिकारीले कविता वाचेका थिए।

राधाराधा-कृष्ण मन्दिर, टङ्गालमा भएको कार्यक्रममा आनन्दप्रकाश नेपाल, उमेश पाण्डे, पारसमणि नेपाल, सविता नेपाल, माया बस्नेत थापा लगायत अतिथिहरूको उपस्थिति  थियो।

प्रकाशित: १६ जेष्ठ २०८३ १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App