२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘कुमुदे हिँड्यो हिरो बन्न’ चलचित्र बन्दै

नेपाली कथानक चलाचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’ निर्माण हुने भएको छ। साहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशन रहने यस चलचित्रमा हरेक कुरामा हिरो बन्न चाहने पात्रको कथामा चलचित्र बन्ने निर्माण पक्षले बताएको छ।

कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता विष्णु पन्त शर्मा आचार्य र सह निर्माता चक्रबहादुर बराल रहेका छन्। चलचित्रमा कार्यकारी निर्माता भने रंग पत्रकार एवं रेडियो प्रस्तोता भोला सुवेदी आर्जे प्रणव रहेका छन्।

नेपालको दाङ, पोखरा र काठमाडाैंको स्थानमा छायांकन गरिने यस चलचित्रको केही दृश्य भने बेलायतामा छायांकन हुने निर्माण पक्षले जनाएको छ। बायोपिक र सत्यकथामा आधारित रहेर चलचित्र निर्माण गर्न लागेको निर्देशक जानकी पन्त जुनले बताए।

चलचित्रका निर्माता विष्णु पन्त शर्मा आचार्यले आउँदाे सोमबारबाट दाङको घोराहीबाट चलचित्रको मुहुर्त गरेर छायांकन सुरु गर्दै करिब २० दिनको छायांकनपछि बाँकी छायांकनका लागि तिहारलगत्तै बेलायत जाने बताए।

निर्माण टिमले कुमुदेको पात्र अभिनेता कुमुद पन्तले निर्वाह गर्ने बताएकाे छ। चलचित्रको अर्का प्रमुख कलाकार नायिकाको नाम अहिलेलाई गोप्य राखेको छ। चलचित्रमा दुई नायिका हुने निर्देशक पन्तले बताए। महिला द्वन्द निर्देशक किरण दाहालको द्वन्द्व, विपिन आचार्य र ओम सुनारको संगीत र सन्देश शाहको सम्पादन रहने यस चलचित्रको प्रदर्शन मिति भने २०८३ साल तोकिएको छ।  

प्रकाशित: २० भाद्र २०८२ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App