नेपाल भाषा साहित्य दबूले नेपाल भाषाकाे लघुकथाकार नरेश अमात्यलाई याताज श्याम विश्व सिरपा पुरस्कारबाट सम्मान गरेकाे छ।
याताजको अध्यक्ष विमलकुमार ताम्राकारकाे अध्यक्षता र नेपाल भाषा एकेडेमीका भाइस प्रेसिडेन्ट डा. पुष्पराजराज कर्णिकारकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
प्रमुख अतिथि डा. पुष्पराजराज कर्णिकारले रूपैयाँ २५, ५५५/- नगद राशिकाे साथ प्रशंसापत्र अर्पिएकाे हाे।
उक्त पुरस्कार वर्षभरि प्रकाशित लघुकथा कृतिमध्ये सर्वोकृष्ट कृतिलाई दिइँदै आएकाे छ। यस पटक अमात्यकाे स्वां लघुकथासंग्रह सर्वाेत्कृष्ट कृतिकाे रूपमा छनाेटमा परेकाे हाे।
उक्त पुरस्कार साहित्यकार श्याम आशा र उनकी धर्मपत्नी विश्व कायस्थको नाममा स्थापना भएकाे हाे। पुरस्कृत अमात्य यसअघि आखे लघुकथाकथासंग्रहबाट पुरस्कृत स्रष्टा हुन्। उनका आखे, निल र स्वां तीन पुस्तक प्रकाशित छन्।
.jpg)
भक्तपुर पार्टी भेनु सूर्यविनायक नगरपालिका ख्वप (भक्तपुर) मा भएकाे कार्यक्रममा सुरेन्द्रलाल भुजूको मनूत छेँय् लिहाँ वयाच्वन चिबाखं मुना लोकार्पण भएकाे छ।
प्रकाशित: २० पुस २०८२ १२:२७ आइतबार





