‘बाङ्गा अक्षर’ ले ‘खाइराइड हास्यव्यङ्ग्य प्रतियाेगिता’ काे नतीजा घोषणा गरेकाे छ। उक्त प्रतियोगितामा कुसुम घिमिरे प्रथम, साइमन घिमिरे द्वितीय र अनुश्री आचार्य र विनिता प्रधान तृतीय भएका छन्।
बाङ्गा अक्षरले ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता-२०८२’ का लागि २०८२ मंसिर १ काे समयावधि तोकी विद्यालय तहको निबन्ध आह्वान गरेको थियो।
‘खाइराइड हास्यव्यङ्ग्य प्रतियाेगिता’ का लागि देशका १२ कक्षा सम्मका विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिएको हाे।
उक्त पुरस्कार २०८२ पुस १२ गते हुने कार्यक्रममा नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिँदै छ। प्रथमलाई नगद २० हजार, द्वितीयलाई १० हजार र तृतीय दुईलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ।
प्रथम विजेता कुसुम घिमिरे काभ्रे इङ्गलिश माध्यमिक विद्यालय पनौती, काभ्रेका कक्षा १२ की छात्रा हुन्। छात्र साइमन घिमिरे र छात्रा अनुश्री आचार्य डियरवाक सिफल स्कुल सिफलमा क्रमशः कक्षा १२ र १० मा पढ्दै छन्। त्यस्तै विनिता प्रधान सिद्धेश्वर माध्यमिक विद्यालय दावा, भोजपुरमा कक्षा १२ मा पढ्दै छिन्।
हास्यव्यङ्ग्यकार तथा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्सालको मूल्याङ्कन समितिले प्रतियाेगितकाे घोषणा गरेको हो।
हास्यव्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सिर्जनशील प्रस्तुति, भाषाशैली, संरचना र तादम्यलाई मूल्याङ्कनका आधार बनाइएको थियो।
उक्त पुरस्कार लाेकप्रिय हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले नेपाली हास्यव्यङ्ग्यको विधागत विकासका लागि स्थापना गरेका हुन्।
प्रकाशित: ५ पुस २०८२ १३:५६ शनिबार



-600x400.jpg)

