२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

एक्शन अवतारमा कविता नेपाली !

 मोडेल तथा अभिनेत्री कविता नेपाली चलचित्र ‘एक्का तीन’ मा अनुबन्धित भएकी छन्। रुपेश तामाङको निर्देशनमा निर्माण हुने उक्त चलचित्रमा कविता एक्सन अवतारमा देखिने भएकी छन्।

यसअघि नै पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको ‘एक्का तीन’ मा अब कविता पनि मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। निर्देशक तामाङले सोमबार उनीसँग लिखित सम्झौता गरेका हुन्। संयोगवश, साउन ४ गते सोमबार कविताको जन्मदिन पनि परेको थियो। कविता यसअघि चलचित्र ‘एक्लो’ मा पनि एक्सन अवतारमा देखिएकी थिइन्।

निर्देशक तामाङले ‘एक्का तीन’ एक्सन जनरामा निर्माण हुने भएकाले दर्शकले कविताको एक्सन अभिनय रुचाएकै कारण उनलाई चलचित्रमा अनुबन्धित गरिएको बताए। उनका अनुसार चलचित्रमा कविता सशक्त एक्सन भूमिकामा देखिनेछिन्। साथै, चलचित्रमा पूजा शर्मा र कविताबीच कडा टक्कर देख्न पाइने उनको भनाइ छ।

तीन मुख्य पात्रको कथामा आधारित यो चलचित्र जुना फिल्म्स र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुनेछ। चलचित्रको पटकथा तथा संवाद सुमन गजमेरले लेखेका छन् भने भदौदेखि छायांकन सुरु गर्ने तयारी गरिएको छ।

प्रकाशित: ५ श्रावण २०८३ १८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App