बलिउड अभिनेत्री कट्रिना कैफ आमा बनेकी छिन्। श्रीमान् विक्की कौशलसँगको तस्बिर सेयर गर्दै उनले छोरा जन्मिएको घोषणा गरेका छन्। विवाहको चार वर्षपछि उनीहरू आमाबाबु बनेका हुन्।
कट्रिना र विक्कीले पोस्टमा लेखेका छन्, ‘हाम्रो खुसीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ, हामी हाम्रो छोरालाई स्वागत गर्दछौँ। नोभेम्बर ७, २०२५ कट्रिना र विक्की।’
कट्रिना कैफले सेप्टेम्बरमा गर्भवती भएको घोषणा गरेकी थिइन्। उनले इन्स्टाग्राममा विक्कीसँग बेबी बम्प समातेको कालो सेतो तस्बिर पोस्ट गर्दै लेखेकी थिइन्, ‘हामी जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं, हृदयहरू आनन्द र कृतज्ञताले भरिएका छन्।’
कट्रिना र विक्कीको विवाह ९ डिसेम्बर २०२१ मा नजिकका व्यक्तिहरूबिच भएको थियो।
प्रकाशित: २१ कार्तिक २०८२ १२:२० शुक्रबार


-600x400.jpg)


