३१ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

सैफको ५६ औं जन्मदिनमा करिनाले सेयर गरिन् रोमान्टिक तस्बिर (फोटोसहित)

तस्बिर : करिनाको इन्टाग्रामबाट

बलिउड अभिनेता सैफ अली खान आज ५६ वर्षका भएका छन्। उनको जन्मदिनको अवसरमा पत्नी तथा अभिनेत्री करिना कपुर खानले केही रोमान्टिक तस्बिरहरू सार्वजनिक गर्दै उनलाई विशेष शुभकामना दिएकी छिन्।

करिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा सैफसँगका विभिन्न छुट्टीका तस्बिरहरू सेयर गरेकी छिन्। यी तस्बिरहरूमा सैफ र करिना लिफ्ट, कार, समुद्र किनार र सूर्यास्तको दृश्यमा निकै रमाइलो गरिरहेका देखिन्छन्। करिनाले यी तस्बिरहरू सैफकै रोजाइका भएको बताइन्।

आफ्नो श्रीमानप्रति प्रेम व्यक्त गर्दै करिनाले लेखेकी छिन्, 'मेरो सदाका लागि साथीलाई जन्मदिनको शुभकामना। तिमीबिनाको जीवन धेरै बोरिङ हुनेछ। मैले इन्स्टा पोस्टमा सेयर गरेका सबै तस्बिर उनको रोजाइका हुन्। उनलाई आफू यस्तो तस्बिरमा देखिएको मन पर्छ।'

करिनाको यो पोस्टमा मलाइका अरोरा, फरहान अख्तर, सञ्जय कपुर, जोया अख्तर र सबा पटौदीलगायतका सेलिब्रेटी तथा फ्यानहरूले सैफलाई जन्मदिनको शुभकामना दिएका छन्।

कामको कुरा गर्नुपर्दा, सैफ अहिले आफ्नो आगामी फिल्म 'हैवान' को सुटिङमा व्यस्त छन्। प्रियदर्शनले निर्देशन गरिरहेको यो फिल्ममा सैफसँगै अक्षय कुमार पनि देखिनेछन्। यो फिल्म आगामी सेप्टेम्बर ११ मा हलमा रिलिज हुनेछ। त्यस्तै, करिना भने आगामी दिनमा मेघना गुलजारको निर्देशनमा बन्ने फिल्म 'डायरा' मा देखिनेछिन्। यो फिल्ममा पृथ्वीराज सुकुमारनको पनि मुख्य भूमिका रहनेछ।

तस्बिर : करिनाको इन्टाग्रामबाट

प्रकाशित: ३१ श्रावण २०८३ १८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App