कालीप्रसाद रिजालकाे अध्यक्षतामा ‘वासु शशी स्मृति परिषद्’ काे नयाँ कार्यसमितिको चयन गरिएकाे छ।
परिषद्की कार्यवाहक अध्यक्ष हिरण्यकुमारी पाठकको अध्यक्षतामा आयोजित साधारण सभाले नयाँ कार्यसमितिकाे चयन गरेकाे हाे।
त्यस्तै गरी उपाध्यक्षमा श्रीओम श्रेष्ठ ‘रोदन’, सदस्य सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान र सदस्यहरूमा ध्रुव मधिकर्मी, यादव भट्टराई र नीना जोशी चयन गरिएकाे छ।
यसैगरी परिषद्को संरक्षकमा श्रीमती जुलुम वैद्य र सल्लाहकारहरूमा यादव खरेल र राधेश्याम लेकाली रहेका छन्।
परिषद्ले गत २०८२ जेठ १८ गते दिवङ्गत परिषद्का अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको शोक प्रस्ताव पारित गरेकाे थियाे। यसै वर्षदेखि ‘वासु शशी स्रष्टा पुरस्कार’ को पनि स्थापना गर्ने निर्णय गरेकाे छ।
काठमाडाैं, अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएकाे साधारणसभामा प्रशासनिक र आर्थिक प्रतिवेदन प्रस्ताव, छलफल र पारित गरिएको थियो।
प्रकाशित: ८ श्रावण २०८२ १०:०२ बिहीबार





