२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

ज्योतिको व्यङ्ग्य: ओलीलाई गाली गर्नुहोस्, मन्त्री सित्तैमा बन्नुहोस्

<br>

लोकप्रिय गायिका ज्योति मगरले वर्तमान सरकारको मन्त्री नियुक्ति प्रक्रियाप्रति व्यङ्ग्य गरेकी छिन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूले सहजै मन्त्री पद पाइरहेको भन्दै कटाक्ष गरेकी हुन्।

उनले लेखेकी छिन्, ‘पहिले: एउटा साबुन किन्नुहोस्, सलाई सित्तैमा पाउनुहोस्। अहिले: केपी ओलीलाई गाली गर्नुहोस्, मन्त्री सित्तैमा बन्नुहोस्।’

उनैको यो पोस्टमा एक प्रयोगकर्ताले अब केपी ओलीको सत्ता फर्केको दिन, ज्योतिलाई संस्कृति मन्त्री पक्का ! भनी प्रतिक्रिया दिएका थिए। उक्त कमेन्टको जवाफमा मगरले चाणक्य नीतिको उदाहरण दिँदै आफूलाई अबोध र अन्जान नागरिक भएको बताइन्।

उनले जवाफमा लेखेकी छिन्, ‘चाणक्य नीति भन्छ, सबैले एउटै नेतामाथि प्रहार गर्छन् भने बुझ्नुहोस्, त्यो शासक सत्यको बाटोमा छ। म बिचरा अबोध, अन्जान नागरिक, जे देख्छु त्यही बोल्छु।’

उनले आफूलाई संस्कृति मन्त्री नचाहिने तर दर्शक तथा शुभचिन्तकको ‘दिलको मन्त्री’ बनाइदिए पुग्ने भन्दै रमाइलो जवाफ फर्काएकी छिन्।

प्रकाशित: ९ कार्तिक २०८२ १७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App