गायिका ज्योति मगरले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएका पत्रकार, कलाकारहरूलाई प्रश्न गरेकी छिन्।
उनले देशलाई दीर्घकालीन निकास दिने योजना के छ भन्दै प्रश्न गरेकी हुन्। मगरले रास्वपाबाट उठेकाहरू संसदको लोभमा आफ्नो उम्मेदवारी दिएको आरोप समेत लगाएकी छिन्।
उनले भनेकी छिन्, 'संसदको लोभमा राजनीतिमा होमिनु भएका पत्रकार, कलाकार तथा अन्यलाई मेरो प्रश्न तपाईंमा के भिजन छ त्यस्तो जसले देशलाई दीर्घकालीन निकास देओस? तपाईंमा के भिजन छ त्यस्तो जसले देश स्वाधीन र समृद्ध रहोस?'
मगरले घण्टीका नयाँ उम्मेदवारहरूले आफ्नो दक्षता नहेरेर संसद पड्काउने होडमा लागेको बताइन्। उनले सामाजिक सञ्जालमा लेख्दै उनले प्रश्न गरिन्, 'आज भोलि रास्वपाका चटकेहरूले तिनका उम्मेदवारको गैरजिम्मेवार तर्कको टिप्पणी गर्दा सिधै केपीको हलानो फलानो एमालेको हलानो फलानो भन्दै गाली बक्न थाली हाल्छन्...हैन देश त केपी र एमालेमय नै रैछ। घण्टीका नयाँ जोगीहरू आफ्नो दक्षता के मा छ त्यो छोडेर संसद पड्काउने होडमा छन् समानुपातिक नै सही...५ वर्ष त पुलिसले स्यालुट हान्ला सरकारले सेवा सुविधा देला सरकारी कर्मचारीदेखि व्यवसायी माफिया, ठेकेदारहरूले काध मै चढाउलान् त्यसपछि के?'
प्रकाशित: २३ माघ २०८२ १०:०० शुक्रबार





