२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

जीवन शर्माको 'जीवन रहरमै' लोकार्पण

सिक्किम, भारतका सर्जक जीवन शर्माको संगीत रहेको नयाँ 'जीवन रहरमै' लोकार्पण गरिएको छ।

सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको उक्त गीतमा अञ्जु पन्तको स्वर रहेको छ। साहित्यक पत्रकार संघ र मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक सम्मान पनि गरिएको थियो।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले कार्यक्रमको उदेश्य र महत्वमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए।

गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष वरिष्ठ गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा भएको समारोहमा साहित्यक पत्रकार संघ र मिलापबाट संयुक्त रूपमा सर्जक जीवन शर्मालाई सम्मान गरिएको थियो। यस्तै तारेकेश्वर कला प्रतिष्ठान, डिआर म्युजिक क्रियशन र युथ क्रियशनले पनि सम्मान गरेका थिए।

शर्मालाई प्रमुख अतिथि देवकोटा र कार्यक्रम सभापति लेकाली, मिलापका अध्यक्ष भुषालसहित महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी, रमेश थापालगायत, निर्देशक रामशरण कोइराला, लव प्याकुरेल लागयतले फूल, माला, दोसल्ला र ताम्रपत्रले विभूषित गरेका थिए।

चलचित्र विकास बोर्डका सदस्य तथा निर्देशक एवं गीतकार गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, प्राडा गोविन्दमान सिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ समालोचक प्रमोद प्रधान, महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ कलाकार उत्तम केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

वरिष्ठ साहित्यकार तथा कार्यक्रम सभापति लेकालीले नेपाल र सिक्किमका साहित्यिक गतिविधिको चर्चा गर्दै स्रष्टा शर्माको साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्दै नेपालमा उनलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए।

स्रष्टा शर्माका चालीसभन्दा बढी गीत सार्वजनिक छन् भने ४ उपन्यास र अनेकौं गीत, कविता पनि पाठकमाझ आएका छन्।

काठमाडौंकाे अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएकाे लोकार्पण कार्यक्रममा साहित्यकार विमल भौकाजी, वुमन्स ऐरा मिडिया ग्रुप अध्यक्ष प्रतिमा राई, निर्देशक माधवराज खरेल, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, संगीतकार जीवन शर्मा,  साहित्यकार राधा भण्डारी, रमेश दाहाल, गायक रमेश पाठक, टिका गोपाल फाउण्डेशन अध्यक्ष गीता सिंह, सौन्दर्यविद् टेकराज पाण्डे, वरिष्ठ पत्रकार तलसी गिरी ‘भावुक’ पत्रकार माहासंघ काठमाडौंका सचिव रमेश बोहरा, सुरेन्द्र थापा, मोहमद जलिम, कृष पाण्डे, जीवन शर्माका छोरा निश्चय शर्मा लगायतको उपस्थिति थियो।

समारोहमा स्रष्टा शर्माले आफ्नै गीत संगीततर्फ सानैदेखिको लगाव रहेको बताउँदै नेपालमा पाएको यो सम्मानले थप जिम्मेवारी थपिएको बताए। उनलाई काठमाडौंमा बुधबार सगरमाथा म्युजिक अवार्ड पनि प्रदान गरिएको थियो।

प्रकाशित: २७ चैत्र २०८२ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App