४ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

जेम्स केनेडीले गर्भवती प्रेमिका जोर्डन मेयर्ससँग गरे इन्गेजमेन्ट

रियालिटी टेलिभिजन शो ‘भ्यान्डरपम्प रुल्स’ का पूर्वकलाकार जेम्स केनेडीले आफ्नी गर्भवती प्रेमिका जोर्डन मेयर्स सँग इन्गेजमेन्ट गरेका छन्।

उनले गर्भवति पूर्वप्रेमिका जोर्डनसँग मंगलबार इन्गेजमेन्ट गरेका हुन्। ३४ वर्षीय केनेडीले मंगलबार इन्स्टाग्राममार्फत इन्गेजमेन्टको घोषणा गर्दै दुवैका केही तस्बिर साझा गरेका हुन्।

उनले पोस्टमा लेखेका छन्, ‘हाम्रो इन्गेजमेन्ट भयो म तिमीलाई माया गर्छु। अब जीवनभर तिमीसँगै नयाँ–नयाँ यात्रामा रमाउन चाहन्छु। मलाई संसारकै सबैभन्दा भाग्यमानी व्यक्ति बनाइदिएकोमा धन्यवाद।’

साझा गरिएको पहिलो तस्बिरमा केनेडी इटालीको सुन्दर लेक स्थित भिल्ला बगैचामा घुँडा टेकेर जोर्डनलाई विवाहको प्रस्ताव राखिरहेको देखिन्छ।

अन्य तस्बिरहरूमा केनेडीले हल्का खैरो चिनो पाइन्ट र सेतो सर्ट लगाएका छन् भने २३ वर्षीया जोर्डन रातो छोटो पोशाकमा देखिएकी छन्। उनीहरू क्यामेरासामु खुसीका साथ पोज दिइरहेका छन्।

यता, जोर्डन मेयर्सले पनि इन्स्टाग्राममा प्रस्ताव भएको स्थान र आफ्ना केही तस्बिर साझा गर्दै रमाइलो शैलीमा लेखिन्, ‘अब म अचानक देब्रे हात प्रयोग गर्ने भएकी छु।’ यो टिप्पणीले उनको देब्रे हातको औँठीमा इन्गेजमेन्ट रिङ लगाइएको संकेत गर्छ।

जेम्स केनेडी र जोर्डन मेयर्सले केही समयअघि आफूहरू पहिलो सन्तानको प्रतीक्षामा रहेको जानकारी सार्वजनिक गरेका थिए। त्यसयता उनीहरूको सम्बन्धलाई लिएर प्रशंसकहरूबाट लगातार शुभकामना आइरहेको छ।

 

प्रकाशित: १७ असार २०८३ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App