१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘सिर्जनामा इनरुवा’मा स्रष्टा सिलवाल

नारी स्रष्टा समाज, नेपालका अध्यक्ष ममता मृदुलकाे प्रमुख आतिथ्यमा ‘सिर्जनामा इनरुवा’ को चौथो साधारण सभा भएको छ।

इनरुवा-३, सुनसरीको मालपोत लेखापढी सेन्टरमा भएकाे साधारण सभाबाट लीलानाथ सिलवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएको छ। संस्थाको उपाध्यक्षमा राधा सुवेदी, सचिवमा रमेन्द्र कोइराला, सहसचिवमा प्रकाश अनुराग र कोषाध्यक्षमा यशोदा अधिकारी आचार्य चयन भएका छन्। त्यस्तै कान्ता भट्टराई, द्वारिका पोखरेल, कविराज घिमिरे, किरण मेहता र विष्णु दाहाल सदस्यमा चयन भएका छन्।

संस्थाका सचिव रमेन्द्र कोइरालाकाे सञ्चालन र लीलानाथ सिलवालको अध्यक्षतामा भएकाे कार्यक्रममा प्राज्ञ जीवनारायण पोखरेल ‘पन्छी’, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरही, प्रलेस नेपाल कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराटनगर प्रज्ञाप्रतिष्ठानका शिवनारायण सिङ्गल, झोराहाट नाट्यसमाजका अध्यक्ष भरत बर्बरिक लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा गोपाल कोइराला, छविलाल रिजाल, डम्मरुवल्लभ अधिकारी, शशीप्रसाद बजगाईं, इरान राई, श्रीप्रसाद पोखरेल, भवानीप्रसाद पोखरेल, रमेश निरौला, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, नवराज पोखरेल ‘नवशिला’, मुना मिश्र, जेबी खत्री, विनोद विवश घिमिरे, शान्ता भट्टराई, ऋषि तिवारी, उमा खतिवडा, केशव रिजाल, शकुन्तला मञ्जरी, रोशन पराजुली, जेनिश खत्री जस्ता स्रष्टा र कलाकारको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा ‘सिर्जनामा इनरुवा साहित्य पुरस्कार’ बाट तारानाथ शर्मा पोखरेल र ‘रमेन्द्र-सावित्री लघुकथा पुरस्कार’ बाट श्रीओम श्रेष्ठ रोदन पुरस्कृत भएका थिए।

कार्यक्रममा संस्थाले टङ्क भेटवाल, शिवनारायण पण्डित, धनजित पराजुली, मञ्जु घिमिरे दाहाल, भूपाल अधिकारी, रामकुमार पण्डित छेत्री, कान्ता पोखरेल, पूजा बहार, टङ्क राजवंशी, मुना आत्रेय लगायतका स्रष्टा/कलाकारहरूलाई सम्मान अर्पिएको थियो।

कार्यक्रममा डा. देवी पन्थी, गोपाल कोइराला, इरान राई लगायतकाले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रममा विष्णु दाहाल, युवराज दाहाल, मधु पोखरेल, खेमरञ्जन खनाल, अनुज दाहाल, आशुतोष आचार्य, सक्षम यादव र टङ्क प्रसाद भेटवालले रचना वाचेका थिए।

प्रकाशित: १६ कार्तिक २०८२ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App