१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

विपत्तिमा एकजुट भएनौ भने हाम्रो अस्तित्व संकटमा पर्नेछ : दीपकराज गिरी

गत बुधबार गएको बाढीले राष्ट्रलाई नै स्तब्ध बनाएको छ। बाढीले निम्त्याएको जनधनको क्षतिले राष्ट्रलाई कमजोर बनाएको अवस्थामा निर्देशक तथा कलाकार दीपकराज गिरीले सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

निर्देशक गिरीले सोमबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै विपत्तिमा सबै जना एकजुट हुनुपर्ने बताएका हुन्।

उनले भने,‘प्राकृतिक विपत्तिले न त धर्म चिन्यो,न कुनै जात चिन्यो, न त कुनै राजनीतिक पार्टी नै। अब हामीले पनि विपत्तिविरुद्ध एकजुट भएर हातेमालो गर्न सकेनौ भने हाम्रो अस्तित्व संकटमा पर्नेछ।’

प्रकाशित: १५ भाद्र २०८३ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App