२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘रामायण’ ले ओस्कर नपाए म दुःखी हुनेछु

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले चलचित्र  ‘रामायण’ले ओस्कार नपाए आफूलाई दुःख लाग्ने बताएका छन्। मुख्यमन्त्रीको पदमा भएका व्यक्तिको यस्तो खालको प्रतिक्रिया पछि बहस सुरुभएको छ। उक्त चलचित्र हाल प्रर्दशनमा पनि आएको छैन। यस्तो प्रतिक्रियाले अन्य चलचित्र निर्मातालाई मानसिक रुपमा नकारात्मक असर पर्ने बहस सुरु भएको छ।

उनले बिहीबार चलचित्र ‘रामायण’का निर्माता नमित मल्होत्राको प्राइम फोकस स्टुडियोको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्।

मुख्यमन्त्री फडणवीसले भने, ‘यदि  रामायणले ओस्कार पाएन भने म एकेडेमीको निर्णायक मण्डलसँग निराश हुनेछु।’

कार्यक्रममा फडणवीसले चलचित्रका निर्माताहरूलाई बधाई दिँदै भने, ‘रामायण निर्माणका लागि प्रयास गर्ने तपाईंहरू सबैलाई बधाई दिन चाहन्छु। अब हामी रामायणको रिलिजको प्रतीक्षामा छौँ। साथै, प्राइम फोकसको दोस्रो चरणको उद्घाटनको पनि प्रतीक्षा गरिरहेका छौँ।’

फडणवीसले यसअघि मुम्बईमा आयोजित वेभ्स समिट २०२५ का क्रममा फिल्मको गुणस्तर र प्रविधिको प्रशंसा गरेका थिए। उनले भारतमा कथा भन्ने पुरानो परम्परा रहेको र नयाँ प्रविधिको सहयोगमा यस्ता कथाहरूलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताएका थिए।

 ‘रामायण’को पहिलो भागको ट्रेलर जुलाई ३० मा बिहान ४ः१५ बजे ब्रह्म मुहूर्तको शुभ अवसरमा विश्वभर सार्वजनिक गरिएको थियो।

‘रामायण’को ट्रेलर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालमलगायत विभिन्न भाषामा एकैपटक डिजिटल प्लेटफर्महरूमा सार्वजनिक गरिएको छ।

ट्रेलरमा रणबीर कपूर भगवान् रामको पात्रमा देखिएका छन्। लक्ष्मणको भूमिकामा रवि दुबेको देखिएको छ।माता सीताको भूमिकामा साई पल्लवी प्रस्तुत छिन्।यशले रावणको भूमिकामा दमदार पर्दा उपस्थिति र प्रभावशाली शैली प्रस्तुत गरेका छन्।

चलचित्रको संगीतलाई लिएर पनि लामो समयदेखि चर्चा हुँदै आएको छ। यस चलचित्रमा दुई दिग्गज संगीतकार ए.आर. रहमान र ओस्कार विजेता हान्स जिमर पहिलोपटक सँगै काम गर्दैछन्। उनीहरूले चलचित्रको ब्याकग्राउन्ड स्कोर र संगीत तयार गरिरहेका छन्।

प्रकाशित: २३ श्रावण २०८३ १५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App