४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

म गर्भवती हुन चाहन्नथेँ, त्यसैले सरोगेसी रोजेँ : सनी लियोन

सोहा अलि खानले ‘अल अबाउट हर’ पोडकास्ट सुरु गरेकी छन्। पोडकास्टमा सरोगेसी, धर्मपुत्र ग्रहण र बच्चा जन्माउने सम्बन्धी चिकित्सा, भावनात्मक र सामाजिक विषयमा छलफल हुन्छ। 

हालै अभिनेत्री सनी लियोन र प्रजनन विशेषज्ञ डा. किरण कोएल्हो यो पोडकास्टमा सहभागी भए। यो एपिसोड शुक्रबार सार्वजनिक भएको थियो। 

सोहाले कुराकानीमा भनेकी छन्, ‘म ३५ वर्षकी थिएँ जब म अण्डा फ्रिज गर्न स्त्री रोग विशेषज्ञकहाँ गएँ। डाक्टरले भने-यी अण्डा धेरै पुराना भइसके। मैले भनेँ-सबैले मलाई जवान देखिन्छ भन्छन्। उनले जवाफ दिए-तपाईंको अण्डाशयले तपाईंको अनुहार देख्दैन। यो कुरा मेरो मनमा लामो समय रह्यो।’

उनले थपिन्,  ‘अब भरपर्दो प्रजनन परीक्षणहरू उपलब्ध छन्, जस्तै महिनावारीको दोस्रो दिनमा गरिने एन्टी-मुलेरियन हर्मोन र एन्ट्राल फोलिकल काउन्ट। यी दुवैले प्रजनन क्षमताको भविष्यवाणी गर्न सकिन्छ। उनको विचारमा, २८ देखि ३४ वर्ष उमेर उपयुक्त हुन्छ।’

सनी लियोनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘म गर्भवती हुन चाहन्नथेँ, त्यसैले मैले सरोगेसी रोजेँ।’

सोहाको कुणाल खेमुसँग विवाह भएको छ। उनीहरूकी एक छोरी इनाया छिन्। सनी र उनका पति डेनियल वेबरका तीन सन्तान छन्। उनीहरूले छोरी निशालाई धर्मपुत्र बनाएका छन् भने छोरा आशेर र नोआ सरोगेसीबाट जन्मिएका छन्। एजेन्सी

प्रकाशित: १४ भाद्र २०८२ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App