कति पुग्यो नेपाली तीन चलचित्रको व्यापार
चलचित्र विकास बोर्डको सप्ताहिक बक्स अफिस रिर्पोट सार्वजनिक भएको छ। वर्तमानमा प्रदर्शनमा रहको ‘लालीबजार’, ‘रोल न.१’ र ‘आइ एम जीतबहादुर’ यी तीन नेपाली चलचित्रको असार १४ सम्मको बक्स अफिस विवरण आएको छ।
‘लालीबजार’ बैशाख २५ देखि प्रदर्शनमा आएको यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्रले नौँ करोड ३१ लाख ७७ हजारको व्यापार गरेको छ। भने तीन लाख १६ हजार नौँ सय ३० जनाले दर्शनले हेरेका छन्।
‘रोल न.१’ जेठ १५ देखि प्रदर्शनामा आएको जोन योञ्जनको निर्देशनमा मा रहेको चलचित्रले एक करोड ६८ लाख ९५ हजारको व्यापार गरेको छ। भने ६५ हजार तीन सय पाँच जनाले हेरेका छन्।
'आइ एम जीत बहादुर' असार ५ देखी प्रदर्शनमा आएको उक्त चलचित्रले एक सप्ताहमा ३१ लाख ७ हजार को व्यापार गरेको छ। भने नौँ हजार छ सय २६ दर्शकले हेरिसकेका छन्।
प्रकाशित: १५ असार २०८३ १४:०४ सोमबार





