४ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

देश अनुसारको भेष हुनुपर्छ : महानायक हमाल

महानायक राजेश हमालले कुनै पनि राष्ट्रका कानुन, संस्थागत व्यवस्था तथा विकासको मोडल त्यस राष्ट्रको आफ्नै आर्थिक, सामाजिक र सांस्कृतिक यथार्थअनुसार निर्माण हुनुपर्ने बताएका छन्। 

शनिबार सामाजिक सञ्जालमार्फत उनले अन्य देशमा सफल भएको प्रणालीलाई जस्ताको तस्तै अनुकरण गरेर अर्को देशमा लागू गर्ने प्रयास प्रभावकारी नहुने बताएका हुन्। 

उनले यस्तो दृष्टिकोणलाई ‘घोडाअगाडि गाडा राख्नुजस्तै’ भन्दै हरेक राष्ट्रको आफ्नै इतिहास, क्षमता, चुनौती र आकांक्षा हुने भन्दै एउटा परिवेशमा सफल भएका नीति तथा प्रणाली आवश्यक पूर्वाधार र संस्थागत क्षमता नभए अर्को परिवेशमा असफल हुन सक्ने बताएका छन्। 

हमालले कुनै पनि राष्ट्रका नियम, कानुन र नीतिहरू त्यस देशको पूर्वाधार, संस्थागत क्षमता तथा जनताको जीवनस्तरसँग मिलान हुने गरी निर्माण गर्नुपर्ने बताए।  

साथै उनले दिगो प्रगति अन्धानुकरणबाट सम्भव नहुने उल्लेख गर्दै असल सिद्धान्तलाई राष्ट्रिय यथार्थअनुसार आत्मसात् गरी देशको आवश्यकता र परिस्थितिअनुकूल सुधार गर्नुपर्ने बताएका छन्।

प्रकाशित: २७ असार २०८३ १७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App