२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

दिल्लीकी मोडलसँग हार्दिक पाण्डेयको डेटिङ चर्चा

अभिनेत्री नताशा स्टान्कोभिकसँग सम्बन्ध विच्छेद र गायिका जस्मिन वालियासँग ब्रेकअप भएपछि भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्डेयको नाम अहिले मोडल तथा अभिनेत्री माहिका शर्मासँग जोडिएको छ। उनीहरूको नयाँ सम्बन्धले यो बेला सामाजिक सञ्जालमा खुबै चर्चा पाइरहेको छ ।  

हार्दिक र माहिकाको सम्बन्धको बारेमा तब चर्चा सुरु भयो जब सामाजिक सञ्जाल रेडिटमा माहिकाको सेल्फीको पृष्ठभूमिमा एक पुरुष देखिए । इन्स्टाग्राममा पोष्ट भएको स्टोरीमा माहिकाको हातमा ३३ नम्बर लेखिएको देखिन्थ्यो। फ्यानहरूले यसलाई हार्दिकको जर्सी नम्बरसँग जोडेका छन् । 

यति मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हार्दिक र माहिकाको बाथरोब पनि उस्तै भएको याद गरेका छन् । फ्यानहरुले हार्दिक र माहिकाको कपडाको रंग पनि एकै भएको चर्चा गरेका छन् ।  

को हुन् महिका शर्मा?

दिल्लीकी २४ वर्षीया माहिका शर्मा एक योग प्रशिक्षक र मोडल हुन्। धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोहरूमा आफ्नो मोडलिङ सिप देखाइसकेकी माहिका मनिष मल्होत्रा र तरुण ताहिलियानी जस्ता धेरै लोकप्रिय फेसन डिजाइनरहरूका लागि र्याम्पमा पनि हिँडेकी छिन्।  

माहिका शर्माले आफ्नो मोडलिङ करियरमा धेरै सफलता पाएकी छिन् । गत वर्ष इन्डियन फेसन अवार्डमा वर्षको मोडेलको रूपमा उनी छनोट भएकी थिइन् । माहिका पत्रिकाले छनोट गरेको इन्डियन मोडल अफ द इयर पनि भइसकेकी छन् ।  

मोडलिङसँगै माहिका शर्माले अभिनयको दुनियाँमा पनि हात हालिसकेकी छिन्। उनले धेरै म्युजिक भिडियोहरूमा अभिनय गरेकी छिन्। यसबाहेक, उनले विवेक ओबराय अभिनित फिल्म पीएम नरेन्द्र मोदीमा पनि काम गरिसकेको छन्।  

हार्दिक पाण्डेय बारे कुरा गर्दा, उनले मे २०२० मा नताशा स्टान्कोभिकसँग विवाह गरे र फेब्रुअरी २०२३ मा हिन्दू र ईसाई रीतिरिवाज अनुसार पुनर्विवाह गरे । तर जुलाई २०२४ मा दुवैले आफ्नो सम्बन्ध विच्छेदको पुष्टि गरे। यसपछि हार्दिकको सम्बन्ध अर्की मोडल जस्मिन वालियासँग जोडिएको थियो, तर अब उनको जस्मिन वालियासँग ब्रेकअप भएको छ। तर पछिल्लो समय सामाजिक सञ्जालमा हार्दिकले मोडेल माहिका शर्मालाई डेट गरिरहेको चर्चा छ।

प्रकाशित: ३१ भाद्र २०८२ १८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App