१४ वैशाख २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

वर्षैपिच्छे आयु घट्दा शुभकामना रे!

मुक्तक

१) मुक्तक

गाउँबाट ठूलो बन्न व्यर्थै शहर सरिएछ

आफ्नो बस्ती उजाड पारी अर्काको पो भरिएछ

तपाईं भन्ने कोही नपाई आफैँ मपाईं बन्न खोजी

अर्कालाई देखाउन व्यर्थै ऋण परिएछ।

२) मुक्तक

रिसाउँदा अविजालो खुसाउँदा जेरी उनी

जेजे भन्छिन् मान्नुपर्छ रिसाउँछिन् फेरि उनी

एक अर्काको चियोचासो राख्नु हुन्न बिग्रिन्छ मन

अन्त हुँदा जेसुकै होस् साथै हुँदा मेरी उनी।

३) मुक्तक

विज्ञान गणित ढाँट्नेभन्दा अर्थशास्त्र ढाँट्ने खराब

उसको सिँघान चाट्नेभन्दा मेरो दिमाग चाट्ने खराब

मूर्ख बरु सज्जन हुन्छ सज्जन नामका मूर्ख हुन्छन्

सिधै घाँटी काट्नेभन्दा पछि कुरा काट्ने खराब।

४) मुक्तक

नाच्नु मात्रै केही होइन नचाउन गाह्राे हुन्छ

खान धेरै सजिलो छ पचाउन गाह्रो हुन्छ

जिन्दगीमा कमाएर खर्च गर्न सबै सक्छन्

कमाउन केही होइन बचाउन गाह्राे हुन्छ।

५) मुक्तक

वर्षैपिच्छे आयु घट्दा शुभकामना रे

भोगेको साल डाँडा कट्दा शुभकामना रे

देखासिकी गर्दा अनि आडम्बरी बन्दा  

थाप्लाभरि ऋण चढ्दा शुभकामना रे।

प्रकाशित: १२ वैशाख २०८३ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App