३ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

हजुरआमाको डर

लघुकथा

छोरीले मास्टर्स डिग्री सकेको उपलक्ष्यमा रोहनले घरमा ठूलो पार्टी राखेको थियो।आफूहरू समयमा अमेरिका आएकाले छोराछोरी यही जन्मिएर "अमेरिकन बाई बर्थ" बन्ने मौका पाए भनेर उनीहरूलाई  गौरव लाग्छ। त्यसैले यो पार्टीमा दिल फुकाएर खर्च गरेको छ्न्। पार्टी आफ्नै घरमा छ। छोरीको अमेरिकन व्यायफ्रेण्ड र उसका परिवारहरू, उनीहरूका साथीहरू र बुबाआमाका स्वदेशी तथा विदेशी साथीहरू गरेर धेरै पाहुना थिए। भित्र बैठक, किचन हल र बाहिर व्याक यार्डनमा रङ्गीचङ्गी बत्तीले झल्झलाकार बनाइएको थियो। खानेकुरामा पिज्जा, बर्गरदेखि पुलाउ, खसीको कवाफ, दही, मिठाई सेलाद अनन्त परिकार पस्किएको थियो।

ड्रीन्कमा सफ्टदेखि हार्डसम्म सबै किसिमका थिए। अझै उज्यालो बनाइएको बैठकको एकातर्फ अर्केस्ट्राको संगीतमा नाचगान हुँदै थियो। एकैछिन बीचमा बाजा रोकेर ग्राजुएट केटी र उसकाे केटा साथीको परिचय दिंदै केटीको बुबाले बधाई दिए र ताली बजाए।

तालमा ताल मिलाएर सबैले त्यो प्रक्रिया दोहाेर्‍याए। "खाना तयार छ" भन्ने आवाजले सबैलाई त्यतै तान्यो। म पनि पार्टीमा निम्त्याइएको केटीतर्फको नातेदार भएकाले मोटो ज्यान भएकी केटाकी आमासँग कुरा गर्न मन लाग्यो। हातमा खानाको प्लेट समाएर खाँदै गरेकी उनीसँग कुरा गर्न म छेवैमा गएँ। उनी अंग्रेजी पनि राम्रो बोल्न जान्दिन रहेछिन्।

"हाई हल्लो" पछि उनले नै टुटेफुटेको अंग्रेजीमा आफ्नो चार पुस्ता अगाडि जर्मनीबाट अमेरिका न्यूयाेर्क बसाइँ सरेको र त्यसपछि हामी कतै गएका छैनौ" भनिन्।

कतै मतलब "अमेरिकाको अरू राष्ट्र पनि जानुभएको छैन?" यहाँका कोही अन्तरिक्षामा पुगिसके भन्छन् तर म मोटर चलाएर यतै घुमघाम गर्न पनि सक्दिनँ। सपिङ पनि हिँडेर जान मिल्ने नजिकै मात्र गर्छु तर हवाईजहाज चढेर आकाशको बाटोबाट कतै पुगेको छैन। मलाई हवाईजहाजमा उड्न असाध्य डर लाग्छ। अब छोरोको बिहे गरेपछि एकपटक हवाईजहाजमा बसेर आकाशमा उड्दै ऊ बसेको शहर हेर्न जान्छु भन्ने सोचेको छु। हेरौं, सक्छु कि सक्दिनँ! 

प्रकाशित: १७ श्रावण २०८२ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App