१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

मध्यरातमा घरमै बेहोस भए गोविन्दा, अस्पताल भर्ना

बलिउड अभिनेता गोविन्दालाई घरमै बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ। उनका साथी तथा कानुनी सल्लाहकार ललित बिन्दलले यसबारे जानकारी दिएका हुन्। 

दैनिक भास्करका अनुसार गोविन्द मंगलबार मध्यराततिर घरमै चक्कर लागेर बेहोस भएका थिए। त्यसपछि उनलाई जुहूको क्रिटिकल केयर अस्पताल लगियो। डाक्टरहरूले हाल गोविन्दको अवस्थाको परीक्षण गरिरहेका छन्।

बिन्दलका अनुसार गोविन्दले उनलाई फोन गरेका थिए, त्यसैले उनले तुरुन्तै अस्पताल लगे। पछि उनलाई औषधि दिइयो र आकस्मिक वार्डमा भर्ना गरियो। ‘सबै परीक्षणहरू भइसकेका छन्। हामी अब रिपोर्टहरू र न्यूरोलोजिस्टको सल्लाहको पर्खाइमा छौँ। उनको अवस्था अहिले स्थिर छ,’ बिन्दलले इन्डिया टुडेसँग भनेका छन्। 

यसैबिच, बिन्दलले इन्स्टाग्राममा पनि पोस्ट गर्दै यसबारे जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘मेरो प्रिय मित्र गोविन्दले बेहोस भएको गुनासो गरेपछि अस्पताल भर्ना गरिएको छ। म उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु।’

गोविन्दको स्वास्थ्यको कुरा गर्दा गत वर्ष अक्टोबरमा उनको खुट्टामा गोली लागेको थियो। उनको लाइसेन्स प्राप्त रिभल्भरबाट भुलवश गोली चलेको थियो। उनलाई तुरुन्तै जुहूको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो।

डाक्टरहरूले उनलाई आइसियुमा भर्ना गरेर गोली निकाल्न शल्यक्रिया गरेका थिए। त्यति बेला गोविन्दले कोलकाताको कार्यक्रममा जान तयारी गरिरहेका थिए। हालै गोविन्दाले अभिनेता धर्मेन्द्रलाई ब्रीच क्यान्डी अस्पतालमा भेट्न गएका थिए, जहाँ उनी पूर्ण रूपमा स्वस्थ देखिन्थे। 

प्रकाशित: २६ कार्तिक २०८२ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App