२० वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘एक मुठी बादल’ का लागि गौरवले घटाएका थिए ९ केजी तौल

नेपाली फिल्मका उदाउँदो अभिनेता हुन गौरव विष्ट। रंगमञ्चमा दरिलो नाम बनाएका गौरवले फिल्म क्षेत्रमा राम्रै फड्को मारिरहेका छन्। दुई वर्षअघि फिल्म ‘परस्त्री’ मा अभिनेताका रूपमा डेब्यु गरेका गौरवको अर्को कोसेली ‘एक मुठी बादल’ प्रदर्शनमा आउने तयारीमा छ। यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिँदै छन्।

जुन हालै सार्वजनिक भएको फिल्म ‘एक मुठी बादल’ को क्यारेक्टर पोस्टरमा देख्न सकिन्छ। सार्वजनिक दुई तस्बिरमा उनको वास्तविक जीवनको लुक र फिल्ममा देखिएको चरित्रबीच स्पष्ट भिन्नता देख्न सकिन्छ।

रोचक कुरा उनले यस भूमिकाका लागि उनले झण्डै ९ केजी तौल घटाएका थिए। उनी क्यारेक्टरमा डुब्न आफ्नो तौल घटाउन निकै मिहेनत गर्छन् भन्ने उदाहरण ‘एक मुठी बादल’ मा दर्शकले देख्न पाउने छन्। ९ केजी तौल घटाउँदै उनले आफूलाई फिल्मको पात्रअनुसार आफूलाई पूर्ण रूपमा पात्रमा रूपान्तरण गरेका छन्। अब उनको कामको प्रशंसा कतिको हुन्छ भन्ने कुरा जेठ १ गतेबाट प्रदर्शनमा आएपछि त थाहा हुन्छ नै? त्यतिञ्जेलसम्म पर्खिउ है त।

प्रकाशित: १० वैशाख २०८३ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App