१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘झपट पुरस्कार’ बाट चार स्रष्टा पुरस्कृत

झपट पुरस्कार व्यवस्था समितिले ४५औं झपट पुरस्कार चार स्रष्टालाई अर्पिएको छ। समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा भएकाे कार्यक्रममा साहित्यकार वासुदेव त्रिपाठीले पुरस्कार अर्पिएका हुन्।

यस वर्षको झपट पुरस्कारअन्तर्गत सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको छ। त्यस्तै गोपालप्रसाद शर्मा र कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपैयाँ राशिको ‘सैनध्वज–नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिएको हो।

आख्यानमार्फत नेपाली साहित्यमा योगदान पुर्‍याएबापत सनत रेग्मी सम्मानित भएका हुन्। त्यस्तै गीतमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन योगदान दिएको भन्दै राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिएको हो।

यसैगरी नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने शर्मा र महर्जनलाई शोधतर्फको पुरस्कार प्रदान गरिएको छ।

पुरस्कारका लागि स्रष्टाहरूको छनोट इन्दिरा प्रसाईंको संयोजकत्वमा गठित समितिले गरेको थियो, जसमा हेमचन्द्र नेपाल र भरतकुमार भट्टराई सदस्य रहेका थिए।

सोही अवसरमा रेखा राणाकाे ‘अनन्त कृतज्ञता’ (Endless Gratitude) पुस्तकको पनि लाेकार्पण गरिएको थियो। 

प्रकाशित: १७ चैत्र २०८२ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App