१५ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘यानीमाया’ को फस्टलुक रिलिज

नेपाली फिल्म क्षेत्रका लोकप्रिय नायक पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन्। पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’ को छायांकन केही समयमा नै सुरु हुँदैछ। यो फिल्मको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ।

निर्माणपक्षले आज फिल्मको फस्टलुक सार्वजनिक गरेको छ। यो पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन्। फिल्ममा नायक पल शाह र नवनायिका अञ्जना मगरको जोडी पक्का भएको छ। पल र अञ्जनाले यसअघि म्यूजिक भिडियोमा काम गरेका छन्।

यो फिल्मलाई ओम प्रतिकले निर्देशन गर्दैछन्। ओमले फिल्म ‘मोहर’ लाई निर्देशन गरेका थिए, जसमा नायक पल शाह मुख्य भूमिकामा थिए। यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए।

अब ओम र पलले एउटै फिल्ममा फेरि टिमअप गरेका छन्। फिल्ममा पल शाह र चन्द्र ज्योति आलेको लगानी रहनेछ। ‘यानीमाया’ लाई ‘प्रेमको धुन’ भनिएको छ। यसैले पनि यो फिल्म प्रेमको कथामा निर्माण हुन लागेको बुझ्न सकिन्छ।

निर्माण पक्षले अन्य जानकारी विभिन्न चरणमा दिदै जाने बताएको छ। यो वर्ष पलका ‘मोहर र आ बाट आमा’ रिलिज भइसकेका छन्। दुवै फिल्मले दर्शकको अथाहा प्रेम पाए। यसैले पल आफैले निर्माण गर्न लागेको ‘यानीमाया’ पनि दर्शकका लागि प्रतिक्षामा रहने निश्चित छ।  

प्रकाशित: १४ चैत्र २०८२ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App