१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

सार्वजनिक भयो ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्म’

चलचित्र पत्रकार संघ नेपालले पहिलो पुस्तक सार्वजनिक गरेको छ ।  

शुक्रबार एक कार्यक्रमको आयोगजना गरी ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्म’ को लोकार्पण भएको हो ।  

यो पुस्तकलाई चलचित्र पत्रकार संघले ऐतिहासिक दस्तावेज भनेको छ । पुस्तकबाट चलचित्र पत्रकारीतामा संगलग्न पत्रकारलाई मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।  

पुस्तकमा पहिलेको चलचित्र पत्रकारिता र वर्तमाणको पत्रकारिता, सिनेमा अग्निको कथा, चलचित्र पत्रकारितामा महिलाको अवस्था लगायतका विषय समेटिएको छ ।  

पुस्तकले चलचित्र पत्रकारिता पढ्ने विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्याउने अपेक्षा लिइएको चलचित्र पत्रकार संघ नेपालले जनाएको छ।

कार्यक्रममा सहभागी अभिनेता केदारप्रसाद घिमिरेले पुस्तकले विगतदेखि वर्तमानलाई चिनाउन सहयोग गर्ने बताए । त्यस्तै कलाकार राजकुमार शाह संघले ऐतिहासिक दस्तावेज तयार पारेको बताए ।  

पहिलो संस्करणमा संघले तीन हजार प्रति पुस्तक प्रकाशन गरेको छ । पुस्तकको मूल्य एक हजार राखिएको छ भने संस्थागत मूल्य दुई हजार पाँच सय तोकिएको छ।

प्रकाशित: २१ कार्तिक २०८२ १६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App