१) साइनो
बढ्याे लुटाहा भिड
भत्क्याे सहिद शालिक
बगायाे चेत् विलासी भेल!
२) साइनो
रङ फेर्छन् यी मान्छे
नियत फेर्छन् यी मान्छे
फेरफारै गर्छन् यी मान्छे!
३) साइनो
बढेको छ उपद्राे
मेटिँदै छ संवेदना
अग्लिँदै स्वार्थी थुम्काहरू।
४) साइनो
रमौं जीवनसँग
कर्मयाेगी छ साइनो
समता खाेल्छ ओठहरू!
५) साइनो
यी सम्बन्धका रेखा
कति कमजोर बने
भाँचिए ठाउँ ठाउँबाट।
६) साइनो
चाल तालका मान्छे
सुगन्ध बेचेका मान्छे
दुर्गन्ध समाएका मान्छे!
७) साइनो
गम छ बाेक्राभित्र
चेत छ कल्पनाभित्र
जीवन छ सिर्जनाभित्र?
प्रकाशित: १६ जेष्ठ २०८३ १२:३६ शनिबार





