नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्याएका अग्रज एक स्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले ‘पोतपवित्रा-प्रवीण स्मृति पुरस्कार’ को स्थापना गरिएकाे छ।
विसं २०८३ सालदेखि साहित्यिक समारोहको आयोजना गरेर हरेक वर्ष पुरस्कृत गरिने उक्त पुरस्कारका लागि स्याङ्जा, करादीखोलाका ज्ञानप्रसाद - कमला उपाध्यायका घरपरिवारले ‘पोतपवित्रा - प्रवीण स्मृति पुरस्कार कोष’ को स्थापना गरेको छ।
उक्त पुरस्कार स्व. पोतप्रसाद उपाध्याय, स्व. पवित्रादेवी उपाध्याय र स्व. प्रवीण ज्ञवालीको स्मृतिमा स्थापना गरिएको हाे। उक्त पुरस्कारकाे पहिलो वर्ष एघार हजार एक सय एघार, दोस्रो वर्ष बाह्र हजार दुई सय बाह्र र तेस्रो वर्ष तेह्र हजार तीन सय तेह्र नगद राशि रहने छ। साेही अनुपातमा पुरस्कारकाे राशि बढाउँदै लगिने पारिवारिक स्राेतले जनाएकाे छ।
प्रकाशित: ३ आश्विन २०८२ ११:२१ शुक्रबार





