१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

निबन्धकार पौडेलले ल्याए ‘धमिराको देवल’

निबन्धकार बोधराज पौडेलले दाेस्राे निबन्धसंग्रह ‘धमिराको देवल’ बजारमा ल्याएका छन्। 

पौडेलको यो दोस्रो निबन्धकृतिमा विविध विषयमा निबन्ध संगृहीत छन्। शीतविन्दुमा मोतीको चमक, लुप्तमनले उघाएको तृष्णा, सम्बन्ध, धमिराको गुडँमा छिचिमिराको साम्राज्य, ग्रहणले लुकाएको सूर्यमा सियोको डोब, कपटीहरूको संगत, मान्छे किन आफूभित्र हराउँछ, सालिकको बकपत्र, निबन्धको गुणमा पाखनबेदको संघर्ष, आदर्श, जीवनको भोग, समय चक्र, झर्नुस झर्नुस ८४ आइपुग्यो लगायतका २२ निबन्ध छ्न्।

परिबोध मिडिया प्रालि प्रकाशक रहेको यो कृति वितरणको जिम्मा एसकेडी ग्राफिक्स एण्ड प्रिन्टिङ सोलुसन प्रालि भक्तपुरले लिएको छ। यस कृतिको मूल्य ४५० रहेको वितरक सन्तोष कुमार दाहालले बताए।

अघि पौडेलका बगर र काँसहरू कवितासङ्ग्रह (२०७५) र सोकेसको ऐना निबन्धसङ्ग्रह (२०७८) प्रकाशित छन्।

प्रकाशित: ३ आश्विन २०८२ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App