६ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

कहिले फ्लोरमा आउला ‘गदर-३’

निर्देशक अनिल शर्माले गदर ३ हतारमा नबनाउने बताएका छन् । फिल्ममाथि काम भइरहेको उल्लेख गर्दै उनले हतारमा काम नगर्ने बताए । 

गदर ३ को कथा अघिल्ला दुई भागभन्दा पनि बढी प्रभावशाली हुनुपर्छ भन्ने विश्वाासका साथ काम गरिरहेको पनि उनले बताएका छन्। आफ्नो विचारलाई रोचक ढंगले प्रस्तुत गर्दै उनले भने, “यदि गदर एउटा बम थियो र गदर २ एटम बम थियो भने, गदर ३ तब मात्र बन्नेछ जब मलाई न्यूक्लियर बमजत्तिकै शक्तिशाली कथा भेटिन्छ।”

निर्देशक शर्माका अनुसार, हालको लक्ष्य सन् २०२७ मा फिल्मको छायांकन सुरु गर्ने रहेको छ। तर यो पूर्ण रूपमा फिल्मको स्क्रिप्टको गुणस्तर र तयारीमा निर्भर रहनेछ।

उनले अभिनेता नाना पाटेकरसँग पनि फिल्मका विषयमा छलफल भएको खुलासा गरेका छन्।

अहिले अनिल शर्मा आफ्नो छोरा उत्कर्ष शर्मा अभिनित फिल्म ‘अर्जुन नागा’मा केन्द्रित छन्। यो परियोजना सम्पन्न भएपछि गदर ३ सम्बन्धी थप घोषणा सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३ असार २०८३ १८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App