२५ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

रक्षा बन्धन अगाडि ‘मेरी दिदी’ सार्वजनिक

चलचित्र ‘पावर्ती’ को गीत ‘मेरी दिदी’ सार्वजनिक भएको छ। सोमबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक भएको हो।

दिदी-भाइको पवित्र पर्व मानिने रक्षाबन्धनको दिनलाई केन्द्रमा राखेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पार्वती’ मा माया र एकअर्काप्रति सद्भावलाई देखाएको छ। अटिजम भएकी नीता ढुंगानाले अशोक दर्जीको दिदीको भूमिका निर्वाह गरेकी छन्।

सार्वजनिक गीतमा बाबुल गिरीको शब्द, संगीत रहेको छ। गीतमा चलचित्रकै अभिनेता अशोक दर्जीले स्वर दिएका छन्। गीतमा मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीले अभिनय छ। कारुणिक भाव व्यक्त गरिएको यो गीतले दिदी भाइको माया पोखिएको छ।

अभिनेत्री समेत रहेकी नीता ढुङ्गानाकै निर्देशनमा चलचित्र बनेको छ। चलचित्रको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी लगायतको अभिनय रहेको छ।  

चलचित्र भने भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा छ।

प्रकाशित: २५ श्रावण २०८३ १८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App