भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आइरहेको पारिवारले जनाएको छ।
८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उनकी छोरी ईशा देवलले बताइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार उनको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो। उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन छोराहरु सनी देओल, बबी देओललगायत परिवार र शाहरुख खान, सलमान खानसहितका बलिउड कलाकारहरु अस्पताल पुगेका थिए ।
*यसअघिको समारचारमा भुलबस अन्यथा हुन गएकोमा क्षमा प्रार्थी छौं- सम्पादक
प्रकाशित: २५ कार्तिक २०८२ ०९:०५ मंगलबार





