१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

कवि ज्ञान उदास र निर्देशक संगीता श्रेष्ठलाई सम्मान अर्पिंदै

देवकुमारी थापा स्मृति गुठीले ५१ हजार रुपैयाँ राशिको देवकुमारी थापा स्मृति सम्मान कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ।

विसं २०१८ देखि साहित्य लेखनमा निरन्तर सक्रिय उदासका कुन बेस? (२०१९), हामी बस पर्खिरहेका छौँ - बस (२०२८), मनका कुरा (२०५८), ज्ञान उदासका कविता (२०७१), मेरो हराएको कविता (२०७३), यस्तो लाग्छ (२०७४) र खाली सारङ्गी (२०७४) सात कवितासङ्ग्रह प्रकाशित छन्।

यो सम्मान विसं २०६८ देखि प्रदान गर्न थालिएको हो, जुन यसअघि इन्द्रबहादुर राई,  मदनमणि दीक्षित, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ, डा. ध्रुवचन्द्र गौतम, वैरागी काइँला, डा. चूडामणि बन्धु, तुलसी दिवस, मन्जुल, विन्द्या सुब्बा, डा. दयाराम श्रेष्ठ, प्रा. रामकुमार पाडे र महावीर पुनले प्राप्त गरिसकेका छन्।

 

त्यसैगरी गुठीले २५ हजार रुपैयाँ राशिको बबरसिंह थापा स्मृति सम्मान चलचित्र निर्देशक सङ्गीता श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। यस सम्मानअन्तर्गत रू २५ हजार राशि र सम्मानपत्र रहेको छ। श्रेष्ठ कलाकार, फिल्म निर्देशक र भिडियो निर्माताका रूपमा परिचित छिन्। उनको एउटा कथासङ्ग्रह पनि प्रकाशित छ। यो सम्मान २०६० सालदेखि दिन थालिएको हो र अहिलेसम्म २० जना व्यक्ति र २ वटा संस्थाले प्राप्त गरिसकेका छन्। 

प्रकाशित: १९ चैत्र २०८२ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App