४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

'कल्की २८९८ एडी' को सीक्वलबाट बाहिरिइन् दीपिका

चलचित्र ‘कल्की २८९८ एडी’ बाट दीपिका बाहिरिएको निर्माताले पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै निर्माताले भनेका छन्, ‘गहिरो विचार गरेपछि हामीले अलग निर्णय लिएका छौं। हाम्रो पहिलो चलचित्रको लामो यात्राको बाबजुद हामी सही साझेदारी निर्माण गर्न असमर्थ भएका छौँ र कल्की जस्ता चलचित्रका लागि पूर्ण प्रतिबद्धता र अरू धेरै कुरा पनि चाहिन्छ।'

नाग आश्विनको यस चलचित्रमा अभिषेक बच्चन र प्रभासको अभिनय रहेको छ।

चलचित्र ‘कल्की २८९८ एडी’ २७ जुन २०२४ मा सार्वजनिक भएको थियो। जुन महाभारतको कुरुक्षेत्र युद्धको कहानीका आधारित बनाइएको थियो। दुनियाँभरमा यसले १ हजार करोडभन्दा बढी कमाइ गरेको थियो।

दीपिका पादुकन चलचित्र ‘स्पिरिट’ बाट बाहिरिइन्

दीपिका संदीप रेडीको चलचित्र ‘स्पिरिट’ बाट पनि बाहिरिएकी थिइन्। कथित रूपले दीपिकाले हप्तामा पाँच दिन मात्र काम गर्ने, दिनको आठ घण्टा काम गर्ने, बढी शुल्कका माग र तेलुगु संवाद नगर्ने यसको कारण बताइएको छ।

अभिनेत्रीको यो मागका कारण संदीप खुसी थिएनन्, जस कारण दीपिका चललिचत्रबाट बाहिरिइन्।

प्रकाशित: ३ आश्विन २०८२ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App