नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
त्यसैगरी नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की), महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की), महासचिवमा सञ्जीव पौडेल (कास्की), सचिवमा मोती च्वाईं (पर्वत), कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहुँ), सदस्यहरूमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाई (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन्।
नेपाली लेखक संघका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक संघका केन्द्रीय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छानेको हो।
कार्यक्रममा नेपाली लेखक संघ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए।
समीपले विविध साहित्यिक गतिविधि मार्फत संस्थालाई क्रियाशील संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा नेलेसं निवर्तमान केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ, नेलेसं केन्द्रीय सचिव मिलन समीर, नेलेसं गण्डकी प्रदेशका निवर्तमानअध्यक्ष डा. ईश्वरमणि अधिकारी र नेलेसं कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरणअधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले शुभकामना व्यक्त गरेका थिए।
प्रकाशित: २८ मंसिर २०८२ १२:३८ आइतबार





