२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

आगजनी भएको थानकोटको प्रहरी वृत्त बनाउन दिपकराज गिरीले गरे आर्थिक सहयोग

अभिनेता दिपकराज गिरीले जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी चौकी पुनर्निर्माण गर्न आर्थिक सहयोग गरेका छन् ।  

गिरीले आफ्नो जन्मथलो काठमाडौंको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर आगजनी भएको प्रहरी चौकी पुनर्निर्माण गर्न पाँच लाख रुपैयाँ प्रदान गरेका हुन् ।  

गिरीले डीएसपी एलिजा गिरीमार्फत आर्थिक सहायता प्रदान गरेका छन् । जेन-जी आन्दोलनको क्रममा आगजनी हुँदा कार्यालयमा रहेका करोडौं मूल्य पर्ने प्रविधि र सञ्चारका उपकरण, पोशाक तथा महत्वपूर्ण संरचनामा क्षति पुगेको छ ।  

 

कार्यालयको नयाँ भवनबाट ५ महिना अघिदेखि कामकाज सुरु भएको थियो । आगजानी र तोडफोडमा कार्यालयमा ७ करोडको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

 

उनले प्रहरीको मनोबल बढाउन आफूले सकेको सहयोग गरेको बताएका छन् । यो सुरुवात भएको बताउँदै उनले परिस्थिति अनुसार अन्यत्र पनि सहयोग गर्ने बताएका छन् । 

प्रकाशित: ४ आश्विन २०८२ २०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App