शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसीलाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार-२०८२’ अर्पण गरिने भएको छ।
शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसीलाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गर्ने भएको छ। ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’ र ‘पाहुर’ उनका प्रकाशित ४ लघुकथासङ्ग्रह हुन्।
उक्त पुरस्कार आउँदाे मङ्सिरमा समर्पण गरिनेछ। यस पुरस्कारको कोष व्यवस्थापन साहित्यकार अम्बिका धितालले आफ्ना पितामाताको स्मृति र सम्मानमा गरेकी हुन्।
प्रकाशित: २३ कार्तिक २०८२ १०:२६ आइतबार





