२० वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘लालीबजार’ प्रदर्शनमा राेक लगाउन परेकाे रिटमा बहस जारी

यही वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘लालीबजार’ कानुनी विवादमा तानिएको छ। 

वादी समुदायको कथावस्तुमा आधारित भनिएको यस चलचित्रले आफ्नो समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको दाबी गर्दै रोशनी नेपालीले सोमबार रिट दायर गरेकी थिइन्। प्रदर्शन रोक्न मागसहित उच्च अदालत पाटनमा दायर रिटमा मंगलबार पेशी तोकिएको थियो।  

जसअनुसार अहिले बहस भइरहेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले नागरिकन्युजलाई जानकारी दिए।

अदालतले प्रारम्भिक सुनुवाइ र त्यसपछि आउने आदेशले ‘लालीबजार’ को भविष्य तय गर्नेछ।

सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘लालीबजार’लाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको थियो। केही दिनअघि सेन्सर सदस्यहरुले सिनेमा हेरेपछि केही संवादमा भने बिप लगाउन लगाएपछि सोमबार मात्रै निर्माण टिमलाई प्रमाणपत्र दिएको बुझिएको छ।

सेन्सर बोर्डबाट यो चलचित्र सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी अनुमति पाएको केही घण्टाभित्रै अदालतमा मुद्दा परेपछि निर्माण पक्ष दबाबमा परेको छ। यम थापाको निर्देशनमा तयार भएको यो चलचित्र यही शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ। 

प्रकाशित: १५ वैशाख २०८३ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App