रंगीचंगी फूलहरूले ढाकेको त्यो आवरण
चारैतिर फिँजिएको रमाइलो वातावरण
वसन्तपछि चराचुरुङ्गीको चिरविर
माैलिक संस्कृतिमा रमाउने त्यो तस्बिर।
सुख समृद्धिको त्यो घटस्थापना
एकले अर्कालाई शुभकामना
बच्चादेखि वृद्ध सबैमा हुन्छ रमाइलो
आकाशमा रंगीचंगी चङ्गाको घमाइलो।
वसन्तपछि फुल्छन् अनेकौं जातका फूल
कतै बिर्सेका त छैनन् प्रकृतिले आफ्नो भुल
हिमाल नि मक्ख छन् हिउँ जम्ने आशामा
मयुर नाच्छ समृद्धिको लहर ल्याउने तराईमा।
रंगीचंगी फूलहरूको रस चुस्ने भमरा
सुख, शान्ति र समृद्धिको त्यो जमरा
आशीर्वाद र सुखको दशैं टीका
निधार रंगाई समृद्धिको कामना।
गाउँघरमा भित्रिएको युवाको साथ
अब क्षणिक हुनु हुन्न समृद्धिको हात
हरियाली स्रोतसाधनको मनमोहक
समृद्धि र शान्तिपूर्ण अबको चमक।
प्रकाशित: १६ आश्विन २०८२ १०:२२ बिहीबार





