२५ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

नक्कल

लघुकथा

"कति पटक भने हजुरलाई सिग्रेट छोड्नु भनेर।" मिनाले प्रकाशको हातबाट सिग्रेट तान्दै भनी।

"प्रयास गरेकै छु प्यारी कुनै दिन छुट्छ।" प्रकाशले सिग्रेटतर्फ हेर्दै भन्यो।

"यही हो प्रयास गरेको?" मिनाले गर्धन बटार्दै साेधिन्।

"मिना, यो गर्भैदेखिको बानी अहिल्यै छुट्छ त? विस्तारै छोड्ने प्रयासमा छु।" प्रकाशले पुन: सिग्रेटको सर्को तान्दै भन्यो।

मिनाले सम्झाउँदै भनी, "त्यसो भए कम्तीमा बालबालिकाको अगाडि हजुरले सग्रेट नपिउनुस् न। के यत्ति त मान्नुपर्छ नि कम्तीमा।"

दुवै जना छुट्टा छुट्टै स्कुलका शिक्षक। आफ्नो राम्रो घर बनाएका थिए। सबै कुरा घरमा अनुशासित हुन्थ्यो तर प्रकाशको सिग्रेट पिउने बानी थियो।

प्रकाशलाई स्कुलको प्रअले पनि कयौं पटक सुझाएका थिए तर उनले आफ्नो लत छाड्न सकेका थिएनन्। उनीहरूका पाँच र सात वर्षका दुई छोरा थिए।

उनीहरू छुट्टा छुट्टा कोठामा बसेका थिए। मिना उठेर बालकको कोठातिर गई र तुरून्तै फर्केर आफ्नो कोठामा आई।

"एकछिन यता आउनु त " प्रकाशको हात तान्दै बालकहरूको कोठामा पुगी। त्यहाँको दृश्य देखेर प्रकाश दङ्ग भयो।

उसले दुवै कान छोपेर भन्यो, "अब यो चुरोटलाई कहिल्यै हात लगाउँदैन।"

प्रकाशित: २५ असार २०८३ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App