४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

स्रष्टाद्वय शान्तिनारायण श्रेष्ठ र वसन्तराज अज्ञातलाई ‘सुरभि सद्भावना पुरस्कार’

कविशिरोमणि लेखनाथ पौड्यालको १४२औं जन्मजयन्तीको अवसरमा सुरभि साहित्य प्रतिष्ठानले गोकर्णेश्वरमा स्रष्टा सम्मान तथा लेखनाथसम्बन्धी कविता वाचन सम्पन्न गरेको छ।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता र गोकर्णेश्वर नपा ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा विशेष अतिथिमा सुरभिका संरक्षकद्वय गोविन्द घिमिरे वेदमणि र युवराज मैनाली, अतिथिमा ठाकुरप्रसाद शर्मा भण्डारी, महेन्द्र चालिसे, राजनप्रसाद नेउपाने, सुशीला प्रधानाङ्ग, गोपालकुमार मैनाली र खोलाघरे साहिँलो रहेका थिए।  

यसै कार्यक्रममा कुश्मा, पर्वतका स्रष्टा शान्तिनारायण श्रेष्ठ र गीतकार वसन्तराज अज्ञातलाई सुरभि सद्भावना पुरस्कार प्रदान गरिएको थियो।

 

लेखनाथ पौडेलको तस्बिरमा माल्यार्पण गरेपछि सुरु भएको कार्यक्रममा प्रतिष्ठानका सहसचिव मेनका पोख्रेल आचार्यले उपस्थितिजनलाई  शब्द मार्फत स्वागत गरेकी थिइन्।

प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले पुरस्कृत स्रष्टाहरूकाे परिचय प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नन्दलाल श्रेष्ठले सुरभिले यस क्षेत्रमा साहित्यिक कार्यक्रम गरेर, साहित्यकारहरूलाई उपस्थित गराएर पवित्र पारेको व्यक्त गर्दै साहित्यकारहरू र साहित्यका क्षेत्रमा आफूले सहयोग गरिरहेको र अझै गरिरहने वचन दिए।

उनले २०८२ सालभित्रै सुरभि साहित्य प्रतिष्ठानको आफ्नै कार्यालय हल बन्ने बताए तर यसका लागि सबैले पहल गर्नुपर्ने बताए। उनले साहित्यकारहरूले राजनीति गर्ने व्यक्ति र स्थानीय नेतृत्वलाई व्यङ्ग्य गर्दा मन चसक्क हुने बताउँदै सबैलाई एउटै तुलोमा नजोख्ने बताए।

पुरस्कृतका तर्फबाट बोल्दै शान्तिनारायण श्रेष्ठले हामी जस्तो टाढाको मान्छेलाई सम्झेकोमा सुरभिलाई धन्यवाद दिए। उनले गजल र मुक्तक पनि वाचेका थिए।

युवराज मैनालीले शुभकामना मन्तव्य, सभाध्यक्ष तथा सुरभिका अध्यक्ष बाजुराम पौडेलले लेखनाथको जीवनी, कृतिहरूबारे सङ्क्षिप्त जानकारी दिँदै नेपाली साहित्यको आधुनिक कालका आरम्भकर्ता पनि लेखनाथ नै हुन् भन्दै सहभागीलाई धन्यवाद दिँदै कविता वाचेका थिए।

प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेकाे कार्यक्रममा महेश्वर खनाल, सुशील आचार्य, रत्ननिधि रेग्मी, अल्फिफोहेन फाक्लुप्पा, वासुदेव पौडेल, खोलाघरे साहिँलो, शारदा पराजुली, प्रतीक धिमाल, गोपालकुमार मैनाली, रामचन्द्र खतिवडा, परशुराम पराशर, सरिता घिमिरे, राजनप्रसाद नेउपाने, मेनका पोख्रेल, ठाकुरप्रसाद भण्डारी, सुशीला प्रधानाङ्ग, विमल अर्याल, गणेश खतिवडा, युवराज मैनाली, बाजुराम पौडेल, विमल अर्याल लगायत कविहरूले कविशिरोमणि लेखनाथसम्बन्धित कविता वाचेका थिए। 

प्रकाशित: १६ पुस २०८२ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App