टेलिभिजन रियाटिलि शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजनको निर्णायक (जज) तय भएको छन्। उक्त सिजनमा निर्णायकको संख्यामा फेरबदल भएको छ।
यस पटक निर्णायकको संख्यामा तीन जना तय भएका छन। यसमा निर्णाकको रुपमा कलाकार जितु नेपाल, ऋचा शर्मा र निर्देशक समेत रहेका विशाल भण्डारी रहने छन्। अघिल्ला तीनै संस्करणमा जजको रुपमा ऋचा भने चौथो सिजनमा पनि उनी देखिने भएकी छन्।
शो भने साउनको पहिलो हप्तादेखि हिमालय टेलिभिजनबाट प्रसारणको तयारीमा छ। चौथो सिजनको प्रस्तोताको रूपमा मिस नेपाल नम्रता श्रेष्ठ भित्रिएकी छन् । लगातार तीन सिजन सञ्चालन गरेकी अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनको स्थानमा नम्रता भित्रिएकी हुन्।
यसपटक नयाँ पुस्तालाई समेटेर जज प्यानल बनाइएको बताइएको छ । विजेतालाई २५ लाख रुपैयाँ मूल्य पर्ने गाडी र २५ लाख नगद पुरस्कार दिइने भएको छ। चौंथो सिजन सकेर कमेडी च्याम्पियन टोली अस्ट्रेलिया टूरमा जाँदैछ भने फिल्म निर्माणको पनि तयारी छ।
प्रकाशित: २३ असार २०८३ १७:४९ मंगलबार



-600x400.jpg)

