१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

कोलम्बियाकी क्याटालिना डुकले जितिन ‘मिस इन्टरनेसनल २०२५’ को उपाधि

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरनेसनल २०२५’ को उपाधि कोलम्बियाकी क्याटालिना डुकले जितेकी छिन्।  

जापानको टोकियो स्थित योयोगी राष्ट्रिय रंगशालामा सम्पन्न भव्य ग्रान्ड फिनालेमा ८० राष्ट्रका सुन्दरीले सहभागिता जनाउँदै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

कडा प्रतिस्पर्धाबीच जिम्बाब्वेकी योलान्डा चिम्बारामी फस्ट रनरअप, बोलिभियाकी पाओला गुज्मान सेकेन्ड रनरअप, इन्डोनेसियाकी मेलिजा जेभियरा युलिआन थर्ड रनरअप र फिलिपिन्सकी मिरना एसगुएरा फोर्थ रनरअप घोषित भए।

फाइनल चरणमा पुगेका शीर्ष २० प्रतिस्पर्धीले स्विमसूट र साँझको गाउन दुवै राउन्डमा आफ्नो प्रस्तुतिका आधारमा मूल्यांकन गरिए। त्यसमध्ये छनोट भएका शीर्ष १० प्रतियोगीले दिगो विकास लक्ष्य (एसडीजी) सम्बन्धी आफ्ना धारणा सार्वजनिक भाषणमार्फत प्रस्तुत गर्दै अन्तिम प्रतिस्पर्धा गरेका थिए।

नेपालबाट मिस नेपाल इन्टरनेसनल २०२४ उरुषा भण्डारीले यस वर्षको संस्करणमा सहभागिता जनाएकी थिइन्। उत्कृष्ट प्रस्तुति दिए पनि नेपालले अन्तिम २० अर्थात् सेमिफाइनलमा स्थान बनाउन सकेन।

प्रकाशित: १३ मंसिर २०८२ १८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App