दाङका बालकलाकार युनिश घिमिरेले पहिलो पटक अवार्ड हात पारेका छन्। म्यूजिक खवर म्यूजिक अवार्डबाट सम्मानित भएसंगै उले पहिलो पटक अवार्ड पाएका हुन्।
काठमाडौंमा आयोजित समारोहमा उनले बाल प्रोत्साहन सम्मान पाए । उनलाई प्रथम उपराष्ट्रपति परमानन्द झाले अवार्ड सहित सम्मान गरेका थिए। १० वर्षीय युनिश घिमिरे अध्ययनसंगै केही बर्ष यता नृत्य विधामा जोडिएका छन्। विभिन्न म्यूजिक भिडियोमा समेत नृत्य गरिसकेका उनी मेला महोत्सव तथा टिकटकमा रुचाईएका बालकलाकार हुन्। उनले अहिले सम्म तीन वटा गीतमा काम गरेका छन्।
२०८२ मा पहिलो पटक ‘लाजको पर्दा’ बोलको गीतमा अभिनय गरेका उनले यो गीतमा चर्चित नाउक पल शाहसंग काम गर्ने मौका पाएका थिए। खेम सेन्चुरी र सुनितामी परियारको आवाजमा रहेको गीतमा पल शाह,जुना विश्वकर्मा संगै युनिशले भूमिका निर्वाह गरेका थिए।
यसैगरि केही समय अघि ‘पैसा फल्ने बुटो’ बोलको लोक दोहोरी गीतमा अभिनय गरेका उनी केही दिन अघि मात्रै ‘मकै बारी दर्याम दर्याम बोलको बाल भर्जन गीत मार्फत तेस्रो पटक सार्वजनिक भएका छन्।
प्रकाशित: १५ असार २०८३ १६:५७ सोमबार





